बजेटमा समेटियो चलचित्रको यी पक्ष


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

नेपाल सरकारले बुधबार सार्वजनिक गरेको बजेटमा चलचित्रका केही पक्ष समेटिएकोमा चलचित्रकर्मीले खुस ब्यक्त गरेका छन् । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ बजेमा सम्पूर्ण प्रदेशमा नेपाली फिल्म छायाँकनको लागि स्थान बनाइने कार्यक्रम समेटिएको बताए । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा छायाँकन नेपाल परियोजना र कोभिड १९ का कारण बन्द रहेको सिनेमा घरलाई सहुलियता दिने पक्षलाई समेटिएको छ ।

कोरोना सँक्रमण कोभिड १९ का कारण बन्द रहेका चलचित्र भवनको सञ्चालनमा सघाउने बताउँदै यस्ता भवनहरुको लागि बैंकको ऋणको ब्याजदरमा सहुलियत, हल सञ्चालनका लागि आबस्यक उपकरण आयातमा कर छुट लगायतको सहुलियतको घोषणा पनि अर्थमन्त्री डा. खतिवडाले बताए ।

यस्तै अर्थमन्त्री खतिवडाले नेपाली चलचित्र मार्फत स्थानीय भाषा र संस्कृतिलाई अगाडी ल्याउन चलचित्र निर्माणलाई प्रोत्साहित गरिने बताए । नेपालमा बिदेशी चलचित्रको छायाँकनका लागि र नेपालकै विभिन्न प्रदेशमा नेपाली चलचित्रको छायाँकनका लागि छायाँकन नेपाल कार्यक्रम अन्तर्गत बजेटमा यसलाई समेटिएको हो ।

अर्थमन्त्री खतिवडाले चलचित्र कलाकार संघको भवन निर्माण गर्न पनि बजेट छुट्याईएको बताए । उनले नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्न चलचित्र विकास बोर्डलाई आवश्यक बजेटको व्यस्था गरिएको बताए । यता नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले संघको भवन निर्माणका लागि सरकारले बजेट छुट्याएकोमा खुसी व्यक्त गरेका छन् ।