बाँकेको ११४ जना सँक्रमित नरैनापुरमा कफ्र्यु


ब्युटी न्युज नेपाल
बाँके, ११ जेठ

बाँकेको नरैनापुरमा ११४ जनालाई कारोना सँक्रमण भईसकेको अबस्थामा स्थानीयहरु लकडाउनप्रति गम्भिर नभएपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै कफ्र्यु लगाईएको छ । त्यहा सेना परिचालन गरिने भएको छ ।

यहाँसम्मकी त्यहाँका सँक्रमितलाई अस्पताल लैजान खोज्दा गाउँलेहरु प्रतिकारमा समेत उत्रिएका छन् । स्थानीयलाई कोरोनाबाट बचाउन कफ्र्युको माग गाउँपालिकाले गरेपछि त्यहाँ सेना परिचालन गर्ने अबस्था आएको हो ।

कोरोना भाइरस (कोभिड(१९) संक्रमित नै भाग्न थालेपछि अन्यत्रमा सर्ने अबस्था आएकाले  कफ्र्यु लगाउनु परेको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।

त्यहाँ अहिलेसम्म कोरोना सँक्रमणबाट १ जनाको मृत्यु भईसकेको छ । सँक्रमित ११४ जना पुगेको अबस्थामा अझै धेरैको रिपोर्ट आउन बाँकी छ । यस्तो अबस्थामा सँक्रमितले सामाजिक दुरी कायमप्रति ध्यान नदिएकोपछि प्रशासनले कफ्र्यु लगाउनु परेको हो ।