मृत असईको कन्चटमा गोली ?


ब्युटी न्युज नेपाल

काठमाडौं, ११ जेठ

कन्चटमा गोली लागेर प्रहरी बिट, स्वयम्भूमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत अबस्थामा भेटिएका छन् । उनी आफ्नै कोठामा मृत भेटिएका हुन् । उनको शब रगतको आहालमा डुबेको प्रत्यक्षदर्शी प्रहरीले बताएका छन् ।

सुतेकै ठाउँमा असई विष्णु कार्की आइतबार बिहान मृत फेला परेका हुन् । असई कार्कीलाई कन्चटमा गोली लागेको मृत्यु भएको देखिएको छ ।

र गोली कसले हान्यो भनेर अहिले एकिन गर्न सकिन्न । उनी आफैंले गोली हानेको हुनसक्ने देखिएको बताइएको छ । यो आत्महत्या पनि हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।