‘वर्षा राउतलाई देशभन्दा भारतीय साथीको चिन्ता’


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

भारत जन्मनु भन्दा अघि देखि नै नेपालकै रहेको भूमि लिम्पिया धुरी, लिपुलेक, कालापानी भारतले अतिक्रमण गरेको करोडौं नेपालीले त्यसको विरोध गरेका छन् । तर अभिनेत्री वर्षा राउतले आफ्ना भारतीय साथीहरु रिसाउँछन भन्दै त्यो विषयमा मिडियाले बोल्नु नहुने अभिव्यक्ति दिएका छन् ।

अभिनेत्री वर्षा राउत यस्तै एउटा भिडियो अन्तरवार्ताका कारण आज बिहानै देखि सामाजिक सञ्जालमा भाईरल भएकी छिन् ।

उनले भिडियोमा भनेकी छिन, ‘देशको मायाँ लाग्छ भन्दैमा ए हैन यो त यो हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नी त । यो त टेबुल टक गरेर उताको गभर्मेन्ट र यताको गभर्मेन्ट मिलेर पो कुरा गर्ने हो नी त । यहाँ त झगडा झगडा पारिरहेको छ क्या दुईटै जर्नलिस्ट मेलर । दुबै जनाको जर्नलिस्ट मिलेर झगडा बनाईरहेको छ क्या । अब मेरो इन्डियन फ्रेन्जहरुसँग म कसरी फेस गर्ने अनि इन्डियन फ्रेन्जहरुले मसँग कसरी फेस गर्ने भैराछ क्या अहिलेको सिच्वेसन चैं ।’

त्यो भिडियोमा उनले अभिनेत्री प्रियँका कार्कीसँग कुरा गरेको देखिन्छ । यसरी लकडाउनको बेला घरमा बसेकी अभिनेत्री वर्षाले दुई देशका मिडियाका कारण आफुलाई भारतीय साथीहरुसँग मुख देखाउन गाह्रो भएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले यो विषयमा मिडियाले तर्क वितर्क गर्नु हनुने र सरकारले मात्र टेबुलटक गर्नु पर्ने जिकिर गरेकी छिन् । नेपालको भूमि अतिक्रमण भएर करोड नेपालीहरु बोल्दा, यसलाई नेपाली मिडियाले बिषय बनाउँदा यी अभिनेत्रीलाई भारतीय साथीहरुसँग फेस गर्न गाह्रो भएको छ । यसैमा उनले चिन्ता व्यक्त गरेकी छिन् ।

मुलुकका भूमि खेसिनु भन्दा उनलाई भारतीय साथीहरु खोसिनुमा बढी चिन्ता भएको भन्दै सामाजिक सञ्जालमा अहिले उनको बिरोध भईरहेको छ । उनलाई जताततैबाट सामाजिक सञ्जालमा गाली गरिरहेका छन् । ‘वर्षा राउतलाई देशभन्दा भारतीय साथीको चिन्ता’ भन्दै उनको फ्यानहरुले अब वर्षाको फिल्म समेत नहेर्ने बताएका छन् । उनको टिक टिकमा ८० प्रतिसत भारतीय गीत भएकाले उनी नेपाल भन्दा भारत प्रेमी भएको आरोप पनि सामाजिक सञ्जालमा लागेको छ । कतीपयले त उनलाई सिके राउतको सन्तानको उपमा समेत दिएका छन् ।

यहाँसम्मकी कति सामाजिक संजाल प्रयोगकर्ता भने यतिसम्म आक्रोशित छन् कि भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान भनिरहेका छन् । प्राय विवादमा काम आउने यी अभिनेत्रीले केही दिन अघि नेपालको नक्सा र मनिषा कोईराला को पक्षमा स्टाटस लेख्दा उनका भारतीय साथीहरु किन रिसाएनन् भन्ने प्रश्न पनि दर्शकको छ । त्यतिबेला भारतीयसँग फेस गर्न उलाई किन गाह्रो भएन भनेर दर्शकले प्रश्न गरेका छन् । यस्तो सम्बेदनशिल अबस्थामा यी अभिनेत्रीले किन देशको भूमि अतिक्रमणबारे बोल्दा भारतीय साथी रिसाउँछन भनिन् । त्यो उनी नै जानुन् । तर यो राष्ट्रियता बिरोधी बिचार हो ।