शनिबार दिउँसो ३६ लाई कोरोना, नेपालमा सँक्रमित ५८४ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ,

नेपालमा शनिबार दिउँसो फेरी ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकाश देबकोटाले थप ३६ जनामा कोरोना सँक्रमण देखि नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

देबकोटाका अनुसार शनिबार दिउँसो बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण देखिएके छ ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिकाका भएको पनि उनले बताए । यस्तै बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएको पनि उनले बताए । यसरी आज बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो फेरी ३६ थपिँदा आजमात्र कोरोना सँक्रमितको सँख्या ६८ पुगेको पनि देबकोटाले बताए ।