कपिलबस्तुमा फेरी १ पत्रकारलाई कोरोना, कोरोना सँक्रमित पत्रकार ८ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ 

नेपालमा कोरोना सँक्रमित पत्रकारहरुको सँख्या ८ जना पुगको छ । आज बिहान कपिलवस्तुमा सँक्रमित भेटिएका ८ जना कोरोना संक्रमित मध्ये १ पत्रकार रहेका छन् । उनीसँगै कपिलबस्तुमा कोरोना सँक्रमित पत्रकारको सँख्या ३ जना पुगेको छ ।

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार शनिबार सँक्रमित भेटिएका कपिलबस्तुका पत्रकार २५ वर्षका छन् । उनको स्वास्थ्य अबस्था अहिले सामान्य छ ।
कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका नौ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

शुक्रबारमात्र कपिलबस्तुमा २ जना पत्रकारलाई कोरोना सँक्रमण देखिएको थियो । दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् । उनीहरुलाई शुक्रबार नै आईसोलेसनमा राखिएको छ ।

यस अघि बीरगञ्जका २ जना पत्रकारमा कोरोना सँक्रमण देखिएको थियो । त्यसपछि जनकपुरका १ जना, उदयपुरका १ जना र बाराका १ जनालाई कोरोना सँक्रमण देखियो । बाराका पत्रकारका श्रीमतीमा पनि कोरोना सँक्रमण पुष्टी भएको छ । यसरी अग्रपँक्तिमा कार्यरत ८ जना पत्रकारहरु कोरोना सँक्रमित भईसकेका छन् ।