ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ

काठमाडौंका त्रिविबी शिक्षण अस्पताल , मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारमा रहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुटुको समस्या देखिएर एक साता अघि सो अस्पतालमा भर्ना भएकी ५४ वर्षकी उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौरकी हुन् । शुक्रबार उनको कोरोना पुष्टी भएको हो । शुक्रबार मकवानपुरको एक सँक्रमित भनिएकी उनी नै हुन् । यता त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा. सन्तकुमार दासले उनीमा कोरोना सँक्रमण देखिएको पुष्टि गरेका छन् ।

ती महिलालाई काठमाडौं पठाउनु एक साता अघि हेटौंडा अस्पतालमा उपचाररत थिईन् । उनमा कोरोना पुष्टी भएको खबर पाएपछि आफुहरुले स्वाब परिक्षणको लागि पठाएर क्वारेन्टाइनमा बस्न थालेका सो अस्पताल प्रमुख डा. प्रविण श्रेष्ठले बताएका छन् ।

उनलाई कोरोना देखिएपछि त्रिबिबी अस्पतालकै गणेशमान भवनस्थित आइसोलेसनमा ती महिलालाई सारिएको छ । उनीसँग सम्पर्कमा रहेका हेटौंडा र काठमाडौंको व्यक्तिहरुको परिचनसँगै ती व्यक्तिहरुको स्वाब सँकलन सुरु गर्न थालिएको छ ।