ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ

आज शनिबार बिहान एकसाथ ३२ जनामा कोरोना भाईसर संक्रमण पोजेटिभ देखिएको छ । आज बिहान यसरी ३२ जना कोरोना सँक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ ।

स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरपुर अस्पतालमा गरिएको परीक्षणबाट ३२ जना नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज बिहान सँक्रमित देखिएकाहरुमा काठमाडौंका १ जना रहेका छन् । सर्लाही गोडैता कविलासी नगरपालिकामा १३ जना रहेका छन् । यस्तै नयाँ फेला परेकामा कपिलवस्तु वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना सँक्रमण देखिएको छ । रुपन्देहीको गैडहवा र रोहिणी नगरपालिकामा ८ जनामा कोरोना सँक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै बारा करैयामाइ गाउँपालिकामा १, र चितवन भरतपुरमा १ जना नयाँ संक्रमित भेटिएको जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सँक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि अधिकारीले बताएका छन् ।