ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

आज शुक्राबार साँझ नेपालमा फेरी ९ जनामा कोरोना भाइरस कोभिड(१९ संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको पनि मन्त्रालय बिज्ञप्ति मार्फत जानकारी गराएको छ । सँक्रमितहरु मकवानपुर, सप्तरी र बारा जिल्लाका रहेका छन् ।

जसमा बारा जिल्लाका ६ जना रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्ति अनुसार बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका पुरुषहरुमा कोरोना ुसँक्रमण काठमाडौंको टेकु स्थिा ल्याबमा गरिएको परिक्षणमा पुष्टि भएको छ ।

यसैगरी सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाका १ जना ३५ वर्षीय पुरुषमा, भक्तपुरको भक्तपुर नगरपालिका ९ की १ जना ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ निवासी ५४ वर्षीया १ महिलामा कोरोना पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।