आबश्यक सेवामा समेटियो भेटेरिनरी


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

पशुपन्छिको सेवामा दिनरात सक्रिय रहने भेटेरिनरी सेवा बल्ल आवश्यक सूचीमा समेटिएको छ । भेटेरिनरी सेवालाई सर्वोेच्च अदालतले आवश्यक सूचीमा राख्न सरकारको नाममा शुक्रबार आदेश जारी गरेको छ ।

लकडाउनको समयमा भेटेरिनरी सेवामा सक्रिय पशु चिकित्सकहरुलाई सुरक्षाकर्मीद्धारा अनबस्यक चेकजाँच र दुःख दिएका थिए । सोही कारण नेपाल भेटेरिनरी एशोसिएसनको तर्फबाट अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले भेटेरिनरी सेवालाई पनि अत्यावश्यक सेवाको सूचीमा माग उठाएका थिए । उनले सरकारको नाममा अन्तरिम आदेश माग गर्दै गत २८ वैशाखमा सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सोही रिटमाथि बहसको क्रममा न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलाशले बिहीबार उक्त आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतको सो आदेश सरकारको सम्बन्धित निकायलाई पठाईने भएको छ । अब भेटेरिनगरी सेवा पनि अत्यावस्यक सेवामा परेका कारण यो सेवामा सक्रिय पशु चिकित्सकहरुलाई सुरक्षाकर्मीले लकडाउनको समय अनाबस्यक दुःख नदिने विश्वास संघको छ ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी गरेलगत्तै भेटेरिनरी सेवा पनि बन्द हुन पुगेको थियो । अब सो सेवा पनि खुल्दै जाने संघले बताएको छ ।