गीतकार देवकोटा र गायक राजको मुग्लानी छातीमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

पछिल्लो समय गीत लेखनमा सक्रिय सञ्चारकर्मी सुष्मा देवकोटाले अहिलेको मुगलानमा रहेका नेपालीहरुको अबस्थालाई चित्रित गर्दै नयाँ गीत ‘मुग्लानी छातीमा देश दुख्छ…’ दर्शकमाझ ल्याएकी छिन् । गीतकार देवकोटाले यो गीतको भिडियोलाई यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

यो देशभक्ती गीतमा गायक तथा संगीतकार राज सागरको संगीत र स्वरमा रहेको छ । गायक राजसागर लक डाउनको बेलामा पनि गीतसँगीत सृजनामा सक्रिय छन् । यो अबधिमा उनले आधा दर्जन भन्दा बढी गीत ल्याईसकेका छन् । यस गीतको संगीत संंयोजन संजीव बराईलीले गरेका हुन् ।

उद्धव सिलवाल प्रोडक्सनले बजारमा ल्याएको यस गीतमा अहिले मुग्लानमा रहेको लाखौं नेपालीको पीडा, राजनीतिक कालखण्ड, गरिवी, बिभिन्न प्रकृतिक बिपत्ती, हत्या हिंसा बलत्कार लगायतका बिभिन्न बिबिध बिषयलाई उठान गरिएको छ ।

गीतकार देबकोटा अमेरिकाबाट संचालित नेपाली अनलाईन पत्रिका यूएस खबर डटकममा कार्यरत छिन् । उनले यो गीतको भिडियो पनि आफु कार्यरत अनलाईनको युट्युवबाट सार्वजनिक गरेकी हुन् ।

गीतकार देवकोटा युवा पुस्तामा रुचाएकी कवि पनि हुन् । उनको ‘चोखो माया’ ‘तराना’, ‘रंगीयो तिजले’ लगायतका गीतिसँग्रह बजारमा आईसकेका छन् ।