ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ
विश्वभर कोरोना सँक्रमण उच्च रुपमा बढिरहेको छ भने कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या पनि उच्च दरमा बढेको छ । शनिबारसाँझसम्म विश्वभर कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३ लाख नाघेको छ ।
शनिबार बेलुकासम्म कोरोनाबाट विश्वभर ३ लाख ९ हजार ७१० जनाको मृत्यु भईसकेको छ । सबैभन्दा बढी मृत्यु सँयुक्त राज्य अमेरिकामा भएको छ । त्यहाँ शनिबार बेलुकासम्म ८८ हजार ५५० जनाको मृत्यु कोरोना सँक्रमणबाट भईसकेको छ ।
यस्तै विश्वभर कोरोना भाईरस सँक्रमितको सँख्या शनिबार बेलुकासम्म ४६ लाख ६० हजार ६५८ जना पुगेको छ । जसमध्य ४४ हजार ८४४ जनाको अबस्था अहिले गँभिर छ । सबैभन्दा बढी सँक्रमितको सँख्या पनि अमेरिकामा रहेको छ । शनिबार बेलुकासम्म अमेरिकामा १४ लाख ८५ हजार ९१२ जनालाई कोरोना सँक्रमण भएको छ । यस्तै छिमेकी मुलुक भारतमा यतीबेला कोरोना सँक्रमितको सँख्या ८६ हजार ५९५ पुगेको छ भने कोरोनाबाट मृतकको सँख्या २ हजार ७६० जना पुगेको छ ।