ब्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ
अहिले बेलुका फेरी नेपालमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमित ९ जना थपिएका छन् । सँक्रमितहरुमा दाङका ३ जना, बीरगञ्जका २ बालक र २ महिला सहित ४ जना, त्रियुगा नगरपालिका उदयपुरका १ जना र काठमाडौं सतुँगलका एक जना रहेका छन् ।
दाङमा पहिलो पटक कोरोना सँक्रमित भेटिएका हुन् ।त्यहाँ सँक्रमित भेटिएपछि दाङका सुरक्षा व्यबस्था टाईग गर्न थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या २६७ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सहप्रवक्त समिरकुमार अधिकारीले बताएका छन् । सँक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य छ ।
आज बिहान पनि नेपालमा कोरोना सँक्रमित ९ जना भेटिएका थिए । अहिले बेलुका पुन ९ जनालाई कोरोना सँक्रमण देखिँदा आज एकै दिन सँक्रमित १८ जना बढेका हुन् ।