ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

आज एकसाथ नेपालगञ्ज, बाँकेका ९ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा गरिएको कोरोना भाईरस परीक्षणमा ९ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको बताएका छन् । त्यहाँका ५ पुरुष र ४ महिलालाई सँक्रमण पुष्टी भएको उनले बताए । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।

आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए भने नेपालगञ्जमा नौ जना सँक्रमित भेटिए । यसरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित थपिँदा नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

यस अघि सँक्रमित देखिएका नेपालगञ्जका एक पुरुषबाट अहिलेका बाँकीमा कोरोना सँक्रमण सरेको बताईएको छ । १९ वैशाखमा सँक्रमित देखिएका नेपालगञ्जका एक पुरुषसँगसम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको पनि डा. विकाश देवकोटाले बताए । बाँकी अरु ८१ जनाको रिपोर्ट नेगेटिभ अएको छ । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न थालिएको छ ।