कविताले ल्याईन आकाशको कालो बादल


ब्युटी न्युज नेपाल
काठमाडौं, २० बैशाख

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीतको भिडियो शनिबार सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियो साइ राम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

आकाशको कालो बादल…बोलको यो गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ । अमुल कार्कीको संगीत संयोजन रहेको गीतमा माया प्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ अच्युत बजगाईंले सम्पादन गरेका हुन् ।

लिगेश भट्टराइको कोरियोग्राफी रहेको भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो । यो भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझीले अभिनय गरेका छन् ।