भारतीय म्युजिक भिडियोमा नेपाली नायिका रिश्ता


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख

चलचित्र यात्रा (द भ्लग) का निर्देशक सम्राट शाक्यले हिन्दी गीतको भिडियो निर्देशक गरेका छन् । हिन्दी गीत ‘साथिया तेरे विना…’को भिडियो निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोलाई जी म्यूजिक कम्पनीको युटुब च्यानलबाट आज रिलिज गरिएको छ । यो गीतलाई कात्तिक कुस र ज्योतिका तङ्गीले गाएका हुन् । जसमा पुनित अवस्थीको संगीत रहेको छ । संजिव पाण्डेको शब्द छ ।
यो गीतको भिडियोमा नेपाली चलचित्रकी अभिनेत्री रिस्ता बस्नेतले यो हिन्दी गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । पछिल्लो समय सिनेमा भन्दा उनी म्युजिक भिडियोमा देखिने गरेकी छिन् ।

नेपालमा छायाँकन गरिएको यो भिडियोमा रिस्ताको साथमा भारतीय मोडल मञ्जुल खट्टरले मोडलिङ गरेका हुन् । यो भिडियोलाई नृत्य निर्देशक कमल राईले कोरियोग्राफी गरेका छन् । कञ्चनजङ्घा सिने क्रियसनको निर्माण गरेको यो भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।