अमेरिकामा कोरोना सँक्रमित १० लाख नाघे, मृतक ५६ हजार पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख

महामारीको रुपमा फैलिएको कोरोनाबाट सँक्रमितको सँख्या अमेरिकामा तिब्र रुपमा बढी रहेको छ । मँगलबार बिहानसम्म विश्वभर ३० लाख ६४ हजार ८९४ जना सँक्रमित भईसकेका छन् । जस मध्य एक तिहाई अर्थात १० लाख १० हजार ५०७ जना त सँयुक्त राज्य अमेरिकामै कोरोना सँक्रमित भएका छन् ।

अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ५६ हजार ८०३ जनाको निधन भईसकेको छ । यो सबैभन्दा बढी मृतक सँख्या हो । विश्वको मृतकको सँख्या मध्य एक चौथाई त अमेरिकाकै रहेको छ ।

मँगलबार बिहानसम्म कोरोना सँक्रमणबाट विश्वमा २ लाख ११ हजार ६०९ जनाको ज्यान गईसकेको छ । कोरोना सँक्रमित ३० लाख ६४ हजार मध्य मँगलबार बिहानसम्म सँक्रमणबाट ठिक भएर ९ लाख २२ हजार ५१८ जना घर फर्किसकेका छन् ।

यता भारतमा मँगलबार बिहानसम्म कोरोना सँक्रमित सँख्या २९ हजार ४५१ जना पुगेको छ भने भारतमा कोरोनाबाट ९३९ जनाको निधन भईसकेको छ ।

नेपालमा अहिलेसम्म कोरोना सँक्रमितको सँख्या ५२ पुगेको छ । जस मध्य उपचार पछि ठिक भएर १६ जना घर फर्किसकेको छन् ।