कोरोना सँक्रमित भोजपुरमा पनि भेटिए, ४८ पुगे सँक्रमित सँख्या


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

उदयपुरपछि आज जनकपुर र भोजपुरमा पनि कोरोना सँक्रमित भेटिएका छन् । अहिले बेलुका भोजपुरका एक जनामा कोरोना सँक्रमण देखिएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या नेपालमा ४८ पुगेको छ । आज दिउँसो जनकपुरका १४ वर्षीय युवामा कोरोना सँक्रमण देखियो भने आजै साँझ भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रलयका अनुसार भोजपुरको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् । उनी बिदेशबाट आएको बताईएको छ ।

उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । सो परिक्षणको क्रममा कोरोना भाईरस पोजेटिभ देखिएको अधिकारीले जनाएका छन् ।