मनोज, भूपेन्द्र र हरिको रमिता छ तिम्रो शहरमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

नयाँवर्ष २०७७को शुभकामनासहित गीतकार भूपेन्द्र खड्काले नयाँ श्रव्य गजल रमिता छ तिम्रो शहरमा…को भिडियो ल्याएका छन् । यो गजल मनोजराजको स्वरमा रहको छ । जसमा हरि लम्सालको सङ्गीत रहेको छ।

गजलका रखड्काले यो गजलमा प्रेमवियोग र त्यसका प्रतिक्रियालाई प्रस्तुत गरेका छन् । ’शहर’लाई प्रतिकात्मक विम्ब बनाउँदै लेखिएको गजलकाबारेमा भूपेन्द्र खड्काले भने, ‘शहर विम्ब साहित्यका सबै विधामा अति प्रयोग भएको छ ।गीत र गजलमा पनि यसलाई प्रयोग गरिंदै आएको पाईएकाले मैले शहरको स्वार्थीपन र वितृष्णा योगजलमा प्रस्तुत गर्न खोजेको छु ।’

किरण कँडेलको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनि मुद्रण रहेको यो गजलको भिडियोलाई दिपेन बस्न्यातले सम्पादन गरेका हुन् ।
भूपेन्द्र खड्काले यस अघि २०५९सालमा गायक जगदीश समाल र संगीतकार प्रवीण बराइलीको सङ्गीतमा पहिलो एकल गजल एल्वम प्रकाशन ’बुलबुल’ गरेका थिए ।