ब्युटी न्युज नेपाल
काठमाडौं, ३० चैत

स्कुल थिएटर नेपाल र लालाबालाले मेरै घर मेरो मञ्च छोटा नाटकहरुको महोत्सव घोषणा गरेको छ । यो महोत्सबमा बालबालिकालाई घरमै बसेर मोवाईलले नाटक खिचेर भिडियो पठाउन आह्वान गरिएको थियो ।
संसारभरि फैलिएको कोरोना भईरसका कारण लगभग संसारका मानिसहरु सबै भयकम्पित छन् । नेपाल पनि यसको असरबाट पर रहन सकेन । विद्यालयहरु समय अगाबै बन्द भए । एसईई परिक्षानै स्थगित भयो । मानिसहरु आ आफ्ना गाउँ फर्किए । केही बालबालिकाहरु मामा घर गए ।

सरकारले लक डाउन घोषण गर्याे । सबैजना घरभित्रै बसिरहेका छन् । घरभित्र बस्दा बस्दा थकान, दिग्दारीको अवस्था सिर्जना भएको छ । खेलिरहनु पर्ने, उफ्रिरहनु पर्ने बालबालिकाहरुलाई झन् के भयो ? उनीहरु कोठाभित्रै कसरी बसिरहेका होलान् । यहि अवस्थालाई मध्यनजर गर्दै स्कुल थिएटर नेपाल र लालाबालाले मेरै घर मेरो मञ्च छोटा नाटकहरुको महोत्सव घोषणा गर्याे ।

यो प्रतियोगिताबारे आयोजक टंक चौलागाईले भने, ‘जसमा बालबालिकाहरुले आफ्नै घरमा बसेर, घरको कौसी, कोठा, बेड, छाना जहाँ सम्भव हुन्छ त्यहीँ जे उपलब्ध हुन्छ त्यही सरसामानसँग नाटक बनाउनु पर्ने हुन्छ । नाटकमा अरु परिवारमा सदस्यहरुले पनि अभिनय गर्न सक्नेछन् । नाटक अवधी ३ मिनेदेखि ५ मिनेटसम्मको हुनु पर्नेछ ।’

‘यो किसिमको जानकारी फेसबुकमा देख्नु बित्तिकै धेरै भन्दा धेरै बालबालिकाहरु उत्साहित भए । नाटक बनाउन सुरु गरे । हामीले करिब ३० वटा नाटक पा्रप्त गरेका छौं । बिसाल न्यौपान र तिर्सना पान्डेले गुल्मीबाट, कश्यप ज्ञवालीले पाल्पाबाट, दिब्बेस पौडेलले बुटवलबाट, सविना विश्वकर्माले दमकबाट, सम्पन्न दाहालले गोर्खाबाट, अबिरल काफ्लेले सुनसरीबाट, गरिमा विश्वकर्माले गाईघाटबाट, क्विनचम जोशी, प्रसन्न हुमागाँई, सिजन बस्नेत, शुभेक्छा तिमल्सिना, अन्चित ढुँगाना, आभा खड्का, रिजुल ओझा, साध्या भट्ट, सुविज्ञराज खरेल, सुयशा खनाल, आरेम श्रेष्ठ, सुरभी बर्तौला आदि बालबालिकाहरुले उपत्यकाबाट नाटक पठाएका छन् ।’ आयोजक टंक चौलागाईले भने ।

आयोजक चौलागाईका अनुसार आफ्ना बालबालिकासँग अभिभावकहरुले मज्जाले अभिनय गरेका छन् । यि नाटक लालाबालाको फेसबुक पेजमा हेर्न सकिने छ । ती नाटकहरुबाट उत्कृष्ट पाँच वटा नाटक छान्ने छौं । निकै धेरै अभिभावकहरु पनि उत्साहित छन् ।

भ्याली बाहिरबाट धेरै नाटक आएका छन् । श्रीलंकाबाट पनि नाटक प्राप्त भएको छ । प्राप्त भएका नाटकलाई हरेक दिन विहान बेलुका एक एक वटा नाटक पोस्ट गरिने आयोजक पक्षले जनाएको छ ।