बुनु, विश्व र सन्तोषको चेतनामूलक गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ चैत

अहिले विश्व नै कोरोना सँक्रमणको महामारीमा छ । मानवकै कारण आएको यो विपत्तीबाट जोगिन अहिले नेपालीहरु लक डाउनको अबस्थामा छन् । यही लक डाउनमा बसेर कलाकारहरुले सृजना गर्ने क्रम जारी छ ।
कोरोना भाईरस (कोभिड १९) बिरुद्ध सचेत रहने सन्देश दिन गायिका बुनु श्रेष्ठले नयाँ गीत ल्याएकी छिन् ।

अहिले यस्तो अबस्थामा पनि सेवामा सक्रिय संसारभरका सवै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतु उनले नयाँ गीत ‘तिमी जन जनमा…’ ल्याएकी हुन् । यो गीतमा बुनु र विश्व नेपालीको स्वर रहेको छ । गीतलाई सँगीतकार सन्तोष श्रेष्ठले सँगीत दिएका हुन् । यो गीतलाई नरेश प्रधानले लेखेका हुन् ।

स्टुडियो साउन्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक गरिएको गीतमा संगीत संयोजन देवेन्द्र नेवा, ध्वनी मुद्रण मिश्रण महेश्वरमान राजभण्डारी र दृश्य मिश्रण विरेन्द्र भाट विपिनको रहेको छ । गीतलाई लिरिकल भिडियोको रुपमा रिलिज गरिएको छ ।