कोरोनाबाट ८२ हजार ८० को मृत्यु, सँक्रमित १४ लाख ३१ हजार पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ चैत

महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको संख्या ८० हजारबाट उकालो लागेको छ । जोन हप्किन्स विश्वविद्यालयका बुधबार बिहानसम्म विश्वरभ यो सँक्रमणबाट ८२ हजार ८० जनाको निधन भईसकेको छ । यस्तै बुधबार बिहानसम्म कोरोनाबाट १४ लाख ३१ हजार ७०६ जना सँक्रमित भईसकेका छन् । त्यस्तै ३ लाख २ हजार १५० जना कोरोनाबाट ठिक भईसकेको पनि सो विश्वविद्यालयले जनाएको छ । कोरोना भाईरस सँक्रमित मध्य बुधबार बिहानसम्मको अबस्थामा ४७ हजार ८९४ जना गम्भिर अबस्थामा छन् । 

यसरी मृत्यु हुनेको सँख्या सबैभन्दा धेरै इटलीका रहेका छन् । त्यहाँ बुधबार बिहानसम्म मृतकको संख्या १७ हजार ७२५ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख ३५ हजार ५८६ पुगेको छ । इटालीपछि मृतकको हिसाबले दोश्रो स्थानमा स्पेन रहेको छ । स्पनेमा बुधबार बिहानसम्म मृतक संख्या १४ हजार ४५ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ४१ हजार ९४२ रहेको हकिन्सन विश्व विधालयको रिपोर्टमा उल्लेख छ ।

सँक्रमणमा केही दिन यताबाट सँयुक्त राज्य अमेरिकाले सबैलाई उछिनेको छ । बुधबार पनि कोरोना सँक्रमणमा सँख्यात्मक रुपमा अमेरिका नै अग्र स्थानमा छ । बुधबार बिहानसम्म अमेरिकामा ४ लाख ४१२ जनालाई कोरोना सँक्रमण भईसकेको छ भने त्यहाँ मृतकको सँख्या १२ हजार ८५४ पुगेको छ । जस मध्य न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ । यहाँ मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । 

यस्तै कोरोना भाईरसबाट फ्रान्समा मृतक संख्या १० हजार ३२८ पुगेको छ भने त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ । त्यहाँ ७ हजार भन्दा बढी गम्भीर अवस्थाका छन् । बितेको २४ घण्टामा फ्रान्समा छ सय सात जनाको मृत्यु भएको छ ।

यस्तै कोरोनाबाट बुधबार बिहानसम्म बेलायतमा मृतक संख्या ६ हजार १५९ र संक्रमितको संख्या ५५ हजार २४२ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ जनाको मृत्यु भएको छ ।