ब्युटी न्युज नेपाल
काठमाडौं, २५ चैत

यतीबेला धेरै नेपालीहरु बिदेशमा छन् । खाडी मुलुक, मलेशिया, तथा पूर्वी एशियामा पनि नेपालीहरु ठुलो सँख्यामा छन् । युएई अर्थात दुबई, कतार, बहराईन, मलेशिया, बहराईन, ओमनसहित लगायत थुपै्र खाडी देशमा ३० नेपाली कामदारहरु कोरोनाबाट सँक्रमित भएका छन् ।

सबैभन्दा बढी संक्रमित नेपाली कामदार बहराइनमा छन् । बहराइनमा अहिलेसम्म १२ जना नेपालीमा कोरोना सँक्रमण देखिएको छ । त्यहाँ एकसाथ ९ जनामा नेपालीम सँक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधानमन्त्री खालिफा बिना सलमान अल खालिफासँग टेलिफोन वार्ता गरेका थिए । बहराइनका समकक्षीसँग प्रधानमन्त्री ओलीले संक्रमित कामदारको उपचार र सुरक्षामा चासो राख्दै सहयोगमा लागि धन्यवाद ज्ञापन गरेका थिए । सल्मावादस्थित करिब चार सयजना बस्ने एक श्रमिक शिविरमा कोरोना फैलिँदा एकैपटक ९ जना नेपाली त्यसको संक्रमित भएको पाइएको थियो । सो शिविरबाट ६६ जना संक्रमितको पहिचान भएको थियो ।

बहराइनमा रहेको नेपाली दूतावासका अनुसार बिरामी कामदारहरुलाई आसोलेनसमा राखेर उपचार भइरहेको छ । उनीहरुलाई आईसुलेसनमा राखेर उपचार गरिएको छ । बहराइनमा अहिलेसम्म ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको भने त्यहाँ ४ जना बहराईन नागरिकको मृत्यु भैसकेको छ ।

खडी मुलुक अन्तर्गत बहराईनपछि युनाईटेड अरब इमेरट्स अर्थात युएई, दुबईमा पनि नेपाली कामदारलाई कोरोना भाइरस बढी संक्रमण देखिएको छ । युएईको अबुधाबीस्थित नेपाली दूतावासले त्यहाँ अहिलेसम्म ११ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । सोमबार दिउँसोसम्म त्यहाँ नेपाली चारजना महिलासहित ११ जनामा कोरोना संक्रमण भेटिएको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले बताएकी छिन् । ती मध्य २ पुरुष निको भईसकेको र बाँकी ९ को अस्पतालमा उपचार जारी रहेको पनि उनले बताएकी छिन् । दुताबासका अनुसार युएसी सरकार र नेपाली दुतावासको पहलमा त्यहाँ कोरोना पीडित नेपालीहरुको निशुल्क उपचार भईरहेको छ । अरु कसैमा कोरोना सँक्रमणको शँका लागेको भए तथा अन्य केही समस्या भएमा दुताबासमा सम्पर्क गर्न पनि धितालले बताएकी छिन् । यएईमा अहिलेसम्म २ हजार ७६ जनालाई कोरोना सँक्रमण भएको छ भने त्यहाँ कोरोनाबाट ११ जनाको ज्यान गईसकेको छ ।

यस्तै साउदी अरबमा पनि ठुलो सँख्यामा नेपालीहरु छन् । त्यहाँ सोमबारसम्म ४ जना नेपालीमा कोरोना सँक्रमण देखिएको पुष्टी भएको छ । बाँकी केही नेपालीहरुमा कोरोनाको लक्षण जस्तो देखिएपछि स्वाथ्य परिक्षणको क्रममा रहेको र रिपोर्ट आउने क्रम बाँकी रहेको त्यहाँको सरकारले जनाएको साउदी अरब स्थित नेपाली दुतावासको भनाई छ ।

रियादस्थिति नेपाली दूतावासका अनुसार संक्रमित ४ जना नेपाली कामदारको अहिले आईसोलेसनमा उपचार भईरहेको छ । ती कामदार बिरामीहरुको नाम भने नेपाली दुतावासले खुलाएको छैन । त्यहाँको सरकारले बिरामीको नाम नदिएको दुतावासले जनाएको छ । यस्तै घर फर्किन नपाएका कामदार अवैध नहुने गरी आवासीय परिचयपत्र अर्थात अकामाको म्याद तीन महिना थपिएको छ । टेलिफोनमार्फत जानकारी गरेर आकामाको म्याद थप्न सकिने व्यवस्था सरकारले गरेको छ ।

न्युजको भिडियो लिँक, यो पनि हेर्नु होला-

सबै बिदेशी कामदारहरुको कोरोनाको उपचार निःशुल्क गर्ने घोषणा साउदी सरकारले गरिसकेको छ । साउदीमा कोरोनाको सँक्रमण फैलिएपछि त्यहाँका रियादलगायतको शहरमा शनिबारबाट कफ्र्यु लगाईएको छ । त्यहाँ मँगलबार दिउँसोसम्म २ हजार ७५२ जनामा कोरोनाको सँक्रमण देखिएको छ भने अहिलेसम्म कोरोनाबाट साउदी अबरमा ३८ जनाको निधन भईसकेको छ ।

यस्तै कुवेतमा रहेका नेपाली कामदारमा पनि कोरोना सँक्रमण देखिएको छ । त्यहाँ रहेका दुई जना नेपाली कामदारमा कोरोना संक्रमण भेटिएको समाचार प्राप्त भएको छ । उनीहरु अहिले आईसोलेसनमा उपचार भईरहेको छ । कुवेतमा मँगलबार दिउँसोसम्म ६६५ जना नेपालीमा कोरोना सँक्रमण देखिएको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट जम्मा एक जनाको मृत्यु भएको छ ।

नेपालीहरुको ठुलो सँख्यामा कामदार रहेको मलेशियामा पनि नेपाली कामदारमा कोरोना सँक्रमण देखिएको छ । मलेशियाका सेलांगर क्षेत्रमा अहिले सबैभन्दा बढी कोरोना सँक्रमण देखिएको छ । मलेशिया स्थित नेपाली दूतावासका अनुसार सेलाँगर क्षेत्रमा एक नेपाली कामदारमा कोरोना सँक्रमण देखिएको छ । उनको अहिले उपचार भईरहेको पनि क्वाललाम्पुर स्थित नेपाली दुतावासले जनाएको छ । यसअघि पेनाङमा एक नेपालीलाई कोरोना भेटिएको भनेर समाचार आए पनि ती नेपालीलाई कोरोना नभएर अर्कै फ्लु रहेको थियो । मलेशियामा मँगलबार दिउँसोसम्म ३ हजार ७९३ नागरिकामा कोरोना सँक्रमण देखिईसकेको छ । त्यहाँ कोरोनाबाट मँगलबारसम्म ६२ जनाको निधन भईसकेको छ । मलेसियाले पनि देशका विभिन्न भागमा आवागमन बन्द गरेर संक्रमण रोक्ने प्रयास गरिरहेको छ । यस्तो लकडाउन उल्लंघन गर्ने चारजना नेपाली भने तीन महिनाका लागि जेलमा पुगेका छन् ।

कतारमा ठुलो सँख्यामा नेपालीहरु रहेपनि त्यहाँको सरकारले अहिलेसम्म कोरोना सँक्रमित बिदेशीहरुको सँख्या र नाम खुलाएको छैन । त्यहाँबाट आएका नेपाली कामदारमा नेपालमा कोरोना भेटिएकाले त्यहाँ रहेका नेपाली कामदारहरु पनि कोरोना सँक्रमित भएको आशँका गरिएको छ । तर तथ्य सँख्या र समाचार बाहिर आउन पाएको छैन । जबकी कतारमा मँगलबार दिउँसोसम्म १ हजार ८३२ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ कोरोना सँक्रमणबाट ४ जनाको मृत्यु भएको छ । त्यहाँ पनि लकडाउन गरिएको छ । लकडाउन उलँगन गरेको भन्दै २ सय जना नेपाली कामदारहरुलाई डिपोर्ट पनि गरिएको समाचार छ ।

नेपाली कामदार रहेको अर्को खाडी मुलुक ओमानमा पनि अहिलेसम्म कुनै नेपालीमा संक्रमण पुष्टि भएको समाचार आएको छैन ।