ब्युटी न्युज नेपाल
काठमाडौं, २५ चैत

आगामी बैशाखमा हुने भनिएको कक्षा १२ र ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरसको सँक्रमण बढेको र मुलुकमा पनि यसको सँक्रमण उच्च जोखिमा रहेको भन्दै बोर्डले यी दुबै परीक्षा स्थगित गरेको हो । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले यो निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

यस अघि ६ चैतबाट हुने भनिएको एसईईको अन्तिम परिक्षा सरकारको निर्देशनमा बोर्डले यस अघि नै रोकेको थियो । यस्तै राष्ट्रिय परीक्षा बोर्डले आगामी ८ वैशाखबाट कक्षा १२ र २१ वैशाखबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।

मुलुक कोरोना भाइरसका कारण लक डाउनको अबस्था रहेको र अहिले परीक्षा गर्न सकिने अबस्था नभएकाले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् । उनले सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने बताए ।