मानिसदेखि जनाबरसम्मलाई शिलास्माको सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ चैत

 म्युजिक भिडियो  मोडल तथा समाजसेवी शिलास्मा हमाल मल्लको दिनचर्या यो लक डाउनमा पनि सामाजिक कार्यमै व्यस्त छ । विपन्न बर्गबाट राहतको लागि आउने फोन अनुसार घरमा राहत पुर्याउने देखि पुशपन्छीलाई खुवाउने कार्यमा समेत उनी व्यस्त छिन् ।
यी मोडलले शनिबार नैकाप क्षेत्रमा पुगेर केही मजदुर परिवारलाई चामल, दाल, तरकारी, नुन, तेल, पानी लगायत आबस्यक खाद्यन्न सामग्री व्यक्तिगत रुपमै प्रदान गरिन् ।

यस्तै श्रीनेहा पोखरेलले ललितपुरको एकान्त कुनामा सञ्चालन गरेको नेपाली स्नेही काखमा शनिबार नै पुगेर मोडल शिलास्माले त्यहाँ आश्रित अनाथ, असाहायहरुका लागि आबस्यक खाद्यन्न सामग्री पनि हस्तान्तरण गरिन् । यस्तो बेलामा यस्ता आश्रमहरुमा सहयोग गर्नेहरु नहुने भएकाले पनि आफु स्नेही काममा पुगेर केही दिनलाई आबस्यक खाद्यान्न सहितको सामग्री प्रदान गरेको उनले बताईन् ।

विगत केही वर्ष यताबाट विभिन्न अनाथालयमा आबस्यक खाद्यान्न प्रदान गर्दै आएकी शिलास्मालाई अहिलेको लक डाउनमा विपन्नलाई खाद्यान्न सहयोग गर्ने चटारो झनै बढेको उनले बताईन् ।

मानिसलाई मात्र हैन, उनले पशुपन्छीलाई खाना खुवाउने कार्यमा निरन्तरता दिँदै आएकी छिन् । सडकमा आश्रित कुकुरलाई नियमित खानेकुरा खुवाउँदै आएकी उनले बाँदरलाई पनि खुवाउन थालेकी छिन् ।

११ दिन देखि लक डाउनका कारण स्वयम्भु क्षेममा भक्तजनको आगमन घटेपछि त्यहाँका बाँदर भोकले छट्पटिन थालेका छन् । मोडल शिलास्माले त्यहाँ पुगेर बाँदरलाई समेत खुवाउन थालेकी छिन् । यसलाई आफुले निरन्तरता दिँदै आएको मोडल शिलास्माको कथन छ ।