ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत
कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली चलचित्र उद्योगको गतिबिधि पूर्ण रुपमा प्रभावित ठप्प पनि नेपाली सांगीतिक छेत्रमा भने केहि गीतहरु सार्वजनिक भैरहेका छन ।
यसै क्रममा गायिका अर्पणा श्रेष्ठले नयाँ गीत माथि चौतारीमा कुरौला…को भिडियो सार्वजनिक गरेकी छिन ।
सचिन थापाको शब्द ,सगीत रहेको गीतको म्युजिक भिडियोमा सपना , सचिन, एलेक्स, सिदार्थ, लगायतको अभिनय रहेको छ । गीतमा जनमानसको जिब्रोमा नआउने अर्थात् भुलीसकेका शब्दहरु पनि परेका छन । जसले गीतलाई गहन बनाएका छन् ।
सचिन थापाको निर्देशनमा बनेको भिडियोमा शिलन लम्सालको सम्पादन र अर्जुन सापकोटाको सिनेमाटोग्राफी रहेको छ । गायिका अर्पणाको स्वरमा यसअघि पनि धेरै गीतहरु र म्युजिक भिडियोहरु बजारमा आइसकेका छन । उनले चर्चित गायकहरु सुगम पोखरेल, नबिन के भट्टराई, कमल खत्री लगायतसंग डोएट गीत गाइसकेकी छिन जसलाई दर्शकले धेरै मन पराएका थिए ।