लक डाउनमा बसेकालाई सन्तोषको सँगीतिक भरोसा…


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

गायक सन्तोष विसीले आफ्नो स्वरमा नयाँ गीत भरोसा….बजारमा ल्याएका छन् । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका यी गायकले यो गीतको भिडियो सार्वजनिक गरेका छन् ।

यो गीतलाई सुमित्रा आश्रुधाराले लेखेकी हुन् । गीतमा राजु विरहीको संगीत रहेको छ ।

यो गीतको भिडियो राजु विरहीको निर्देशनमा तयार भएको छ । जसमा मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ ।
भरोसा…गीतको भिडियोमा राजु विरही र साया भण्डारीले अभिनय गरेका छन् । गीतको भावलाई भिडियोमा उतारिएको छ ।

माया र समपर्णलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन । भिडियोमा पनि यस्तै कथा प्रस्तुत गरिएको छ ।