कोरोना सँक्रमितमा अमेरिका पहिलो नम्बरमा 


ब्युटी न्युज नेपाल

काठमाडौं, १४ चैत

कोरोना भाईरस (कोभिड १९) को सँक्रमणले यतीबेला विश्वलाई आफ्नो पञ्जामा पारिरहेको छ । शुक्रबार मध्यान्नको ताजा रिपोर्ट अनुसार कोरोना भाईरसको सँक्रमणमा अमेरिकाले अहिले सबै देशलाई उछिनिसकेको छ ।

 अमेरिकाको न्युयोर्क शहरमा सबैभन्दा तिब्र गतीमा कोरोना भाईरस फैलिरहेको छ । यसबाट सँक्रमितको सँख्या अहिले अमेरिकामा ८६ हजारको हाराहारीमा पुगेको छ । शुक्रबार मध्यान्नको रिपोर्ट अनुसार अमेरिकामा कोरोना भाईरसबाट सँक्रमित ८५ हजार ६ सय १२ जना देखिएका छन् । यो विश्वकै सबैभन्दा ठुलो सँख्या हो ।

यस्तै शुक्रबार मध्यान्नसम्म इटालीमा कोरोना सँक्रमितको सँख्या ८० हजार ५ सय ८९ पुगेको छ । जबकी चीनमा अहिलेसम्म ८१ हजार ३ सय ४० सँक्रमित भएका थिए । जस मध्य पनि ७४ हजार ५ सय जना ठिक भएर अस्पतालबाट घर फर्किसकेको छन् ।

सँक्रमितको हसाबले स्पेन चौथो स्थानमा छ । स्पेनमा शुक्रबार मध्यान्नसम्म कोरोना भाईरस सँक्रमितको सँख्या ५७ हजार ७ सय ८६ पुगेको छ ।

गत पुषमा चीनबाट सुरु भएको यो महामारीले अहिले विश्वमा विकराल रुप लिईरहेको छ । कोरोना भाईरसको इपिसेन्टर चीनको बुहान शहर बनेको भए पनि त्यहाँ यो समस्या निराकरण हुँदै गर्दा अमेरिका, इटाली र स्पेशनमा यसरी कोरोना भाईरसको सँक्रमण अत्याधिक बढी रहेको छ ।

नेपालमा भने अहिलेसम्म ३ जनामा कोरोना भाईरसको सँक्रमण देखिएका छ । जस मध्य एक जना ठिक भएर घर फर्किएका छन भने बाँकी २ जनाको काठमाडौंको टेकु स्थित शुक्रबार सरुवारोग नियन्त्रण अस्पतालमा उपचार भईरहेको छ ।