ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा केही समस्या देखिएको भन्दै अस्पताल भर्ना भएका छन् ।

बालुवाटार श्रोतका अनुसार धपेडीका कारण प्रधानमन्त्रीमा शारीरिक असहजता र मुटुको चालमा केही समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको हो ।

गत महिना मात्र दोश्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई अहिले त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

श्रोतका अनुसार प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको भए पनि अहिले नै आत्तिनु पर्ने अबस्था छैन । उनको स्वास्थ्य अबस्था बिस्तारै सामान्य हुने बताईएको छ । धपेडीको कारण कमजोरी भएकाले स्वास्थ्य समस्या देखिएको बताईएको छ ।