तेश्रो सँक्रमितसँग एयर अरेबियामा आउनेको पहिचान गरिँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

यतीबेला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित तेश्रो ब्यक्ति ६ चैतमा एयर अरेबियाबाट नेपाल आएको रेकर्डमा पाईएको छ ।

यस अघि उनी कतार एयरवेजबाट कतारदेखि आएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका थिए । मन्त्रीले एक विज्ञप्ति जारी गर्दै सो कुराको खन्डन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती युवा एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट ६ चैते राति १० बजेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ ।

उनी एयर अरेबियाबाट आएको जानकारीसँगै सो जहाजमा रहेका अन्य नेपाली नागरिकहरुको पहिचान गर्ने कार्य पनि तिब्र गतिमा भईरहेको छ ।

तेश्रो सँक्रमित ती युवा धादिङको हुन । ३२ वर्षका यी युवा काठमाडौं आएपछि होटलमा बसेका थिए । उनलाई ज्वरोले च्याप्नुका साथै श्वास प्रश्वासको समस्या देखिएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याईएको हो ।

यी युबा बस्दै आएको होटल र सम्भावित संक्रमित व्यक्तिहरुलाई पहिचान गरेर उनीहरुलाई क्वारेन्टाईनमा उच्च निगरानीमा राख्ने काम पनि सुरु भईसकेको छ ।