कोरोनाको तेश्रो सँक्रमित भेटियो, कतारबाट आएका थिए


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

बिदेशबाट आएका एकपछि अर्को नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । यसै क्रममा कोरोना भाईरसको तेस्रो संक्रमित भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ३ पुगेको छ । कतारबाट आएका एक नेपाली नागरिकमा कोरोनाको सँक्रमण भेटिएको अस्पतालले जनाएको छ ।

ती व्यक्तिको अहिले शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । बाँकी तीनमा पोजेटिभ भेटिएको हो ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । उनको पनि शुक्रराज ट्रपिकल अस्पतालमा उपचार जारी छ ।

त्यो भन्दा अघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।