‘जुनुको जुत्ता’ दुई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ चैत

नेपालमा दुई ओटा अन्तराष्ट्रिय अवाडी जितिसकेको केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म जुनुको जुत्ता दुई ओटा अन्ताराष्ट्रिय फिल्म महोत्सबमा छानिएको छ ।

जर्मको ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करण र ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा चयन भएको हो । जुनुको जुत्ता ओवरहउसेनको २०२० को संस्करणमा छनौट भएको हो ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ र माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ बाट यो फिल्म पुरस्कृत भईसकेको छ । फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ ।

विश्वकै पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ओवरहउसेन पर्दछ । यो महोत्सबमा विश्वभरीबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्महरुबाटबाट उत्कृष्ट एक सय फिल्म चयन भएका छन् । जसमा एसियाबाट १९ फिल्म छनौटमा परेको छ । मेमा हुने यो महोत्सब कोरोना सँक्रमणका कारण अब केही समयपछि आयोजना हुनेछ ।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो । महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरहरुको जमघट हुने गरेको छ ।

जुनुको जुत्ता अर्को फिल्म महोत्सव ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि छनौट भएको छ । यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको यसका निर्देशक केदार श्रेष्ठले जानकारी गराएका छन् ।

‘बिग आइज बिग माइन्डस्ः सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’ बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र चलचित्र महोत्सव हो ।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।