अत्यन्त जरुरी सूचना :

कोरोना भाईरस फेरी काठमाडौं भित्रिएको छ । कृपया आफुलाई सुरक्षित राखौं । घरमै बसौं । अत्याबस्यक काम बाहेक अरुबेला घरबाट बाहिर न निक्लौं । भिडमा न जाउँ । हमेशा मास्कको प्रयोग गरौं । सावुन पानीले राम्ररी हात धुने गरौं । सेनीटाईजरले हात सफा गरेर मात्र घर भित्र पसौं ।

……………………………………………………………………..

ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत

यही २८ चैतबाट रिलिज गरिने भनिएको चलचित्र प्रेमगीत ३ को रिलिज स्थगित गरेर यसका कलाकार तथा प्राविधिक पक्ष सडकमा मास्क वितरणमा उत्रिएका छन् ।

यो चलचित्रका निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ लगायतले काठमाडौंको कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा पुगेर सर्वसाधारणलाई ११ हजार मेडिकल मास्क वितरण गरे ।

मुलुकमा कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै एकजनामा यो भाईरस देखिएपछि थप त्रास बढेको छ । अहिले बजारमा मेडिकल मास्क अभाव भएको बेला आफुहरुले निःशुल्क मास्क वितरण गरेको यो फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले बताएका छन् ।

मास्क वितरणबारे निर्देशक सनेले भने, ‘बजारमा मास्क अभाव भएको थाहा पाएपछि देशको एक जिम्मेवार नागरिक भएको हैसियतले मास्क वितरण गरेका हौं । यो मुश्किल परिस्थितिमा कुनै पनि बेला सरकारलाई आवश्यक पर्छ भने हाम्रो फिल्म ‘प्रेमगीत ३’ को सम्पूर्ण टिम सहयोग गर्न तयार छ ।’

मास्क वितरणको क्रममा अभिनेता प्रदीप खड्काले अहिलेको अबस्थामा सबैलाई सुरक्षित रहन आग्रह गरे । साबुन पानीले राम्ररी हात धुन, सेनिटाईजरले हात सफा गर्न, भिडमा नजान, सबैसँग चार फिट पर बस्न उनले मास्क बाँड्ने क्रममा सुझाब दिए ।

प्रेमगीत ३ लाई सन्तोष सेन र छेतेन गुरुङले मिलेर निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीप खड्का, शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारहरुको अभिनय छ ।