फ्रान्सबाट आएकी १९ वर्षीय नेपाली युवतीमा कोरोना, टेकुमा उपचार हुँदै


……………………………………………………………………………………………………….

अत्यन्त जरुरी सूचना :

कोरोना भाईरस फेरी काठमाडौं भित्रिएको छ । कृपया आफुलाई सुरक्षित राखौं । घरमै बसौं । अत्याबस्यक काम बाहेक अरुबेला घरबाट बाहिर न निक्लौं । भिडमा न जाउँ । हमेशा मास्कको प्रयोग गरौं । सावुन पानीले राम्ररी हात धुने गरौं । सेनीटाईजरले हात सफा गरेर मात्र घर भित्र पसौं ।

……………………………………………………………………………………………………

ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत

निरन्तरको प्रयास पछि पनि अन्तत काठमाडौंमा फेरी कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन गरी एक युवतीमा कोरोना भाईरस भेटिएको बताएका छन् ।

पत्रकार भेटघाटका क्रममा मन्त्री ढकालले बिरामीको नाम नखुलाए पनि १९ वर्षकी एक युवतीमा कोरोना भाईरसको सक्रमण देखिएको जानकारी गराएका छन् । मन्त्री ढकालले ती युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराए ।

मन्त्री ढकालका अनुसार ती युवती चार दिन अघि फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् । नेपाल आउँदा उनी पूर्ण स्वास्थ्य थिईन् । उनमा कोरोनाको कुनै लक्षण न देखिका कारण एयरपोर्टबाट उनी घर गईन् । घर आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

उनको स्वास्थ्यमा समस्या आएपछि आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको हो । परिक्षणको क्रममा उनका कोरोना संक्रमण देखिको पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको पनि मन्त्री ढकालले पत्रकार भेटघाटका क्रममा जानकारी दिए ।

यस अघि चीनबाट आएका एक जनालाई कोरोनाको सँक्रमण देखिएको थियो । ती व्यक्ति उपचार गरेर पूण ठिक भई घर फर्किसकेका छन् । यतीबेला सरकारले कोरोना सँक्रमण नियन्त्रणका लागि सबैप्रकारका उपाए अपनाईरहेको छ ।