गोर्खेको रिलिज रोकियो, दुई पोष्टर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ चैत

चलचित्र ‘गोर्खे’को फस्ट लुक्सको रुपमा दुई ओटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले यो फिल्म नयाँ वर्ष २०७७ को अबसर पारेर यही २८ चैतमा रिलिज गर्ने भन्दै आए पनि कोरोना सँक्रमणको कारण फिल्मको रिलिज स्थगित भएको छ ।

यो फिल्मको सार्वजनिक भएका दुई पोस्टरमा अभिनेता रविन्द्र प्रताप सेनलाई विशेष प्राथमिकता दिइएको छ । एउटा पोष्टरमा सैनिक पोशाकमा रविन्द्र हातमा बन्दुक बोकेर क्रोद्धित मुद्रामा देखिएका छन् भने अर्कोमा हातमा खुकुरी बोकेर दौडिरहेका छन् ।

यो चलचित्रमा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राईलगायतकाको मुख्य भूमिका छ । सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा काजी लिम्बुले लेखेका हुन ।

पाल्पा ,बर्दघाट, धम्पुस,पोखरा, काठमाडौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस सिनेमालाई किम्मत गौतमले निर्देशन गरेका हुन ।. कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको हो । गोर्खे (सेना) बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने निर्माण पक्षको कथन छ ।