ब्युटी न्युज नेपाल

काठमाडौं, ७ चैत

 गायक चेतन राईले पछिल्लो पटक एउटा यथार्थपरक गीतको  भिडियो दर्शक तथा स्रोतामाझ ल्याएकबा छन् । पप तथा सुगम संगीतमा आधारित गीतहरु  गाइरहेका उनले आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत ‘मरेर के लानु छ…’ गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियोमा अभिनेत्री सरिता लामिछाने मुख्य भूमिकामा छिन् । उनलाई आयान बज्रचार्य, प्रज्ञादीप राई तथा डा.सुबान्त के कुशुवाहले अभिनय साथ दिएका छन् । भिडियोको निर्देशन फराज अर्पणले गरेका हुन् । फराजले यो भिडियोको छायांकन र सम्पादन गरेका हुन् ।

वास्तविकतामा आधारित उक्त गीतमा सूर्य रुम्बाको शब्द तथा संगीत छ । बिजेश्वर तण्डुकारले गीतमा संगीत संयोजन गरेका छन् । यो गीतको म्युजिक भिडियो मर्मस्पशी बनेको छ ।

उनको तेस्रो एल्बम ‘स्टेप’ यही वर्ष सार्वजनिक हुदैछ । ‘मरेर के लानु छ…’ गीत यही एल्बममा समावेश छ । सन् २०१० मै पहिलो एल्बम ‘सेभेन’ सार्वजनिक गरिसकेका गायक राईको दोस्रो एल्बम ‘साउण्ड’ सन् २०१५ मा सार्वजनिक भएको थियो ।