कोरोनाबाट जोगिन मस्जिदको सट्टा घरमै नमाज


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ चैत

काठमाडौंको घन्टाघर स्थित जामे सहितको दुई मस्जिदमा शुक्रबार जुम्माको नमाज पढ्नेहरु उपस्थित भएनन् । विश्वब्यापी भाईरल बनेको कोरोना (कोभिड(१९) भाइरसबाट जोगिन सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नहुन बिहिबारबाट निर्देशन दिएपछि शुक्रबार यी दुबै मस्जिदमा नमाज पढ्नेहरु भेल भएनन् ।

जबकी हरेक शुक्रबार यी दुई मस्जिदमा जुम्माको नमाज पढिने गरिएको छ । कोरोनाको अबस्थालाई मध्यनजर राख्दै शुक्रबार काठमाडौं उपत्याकाका मुस्लिम समुदायले घरमै बसेर नमाज पढेका छन् ।
नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीले २५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन अनुसार आजबाट मस्जिदमा नेमाज पढ्न नगएको बताएका छन् । मस्जिदको सट्टा घर वा कारखानामै नमाज पढ्न थालिएको पनि उनले जानकारी गराएका छन् ।

अन्सारीका अनुसार मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका छन् ।

नेपाली जामे मस्जिद संघका अध्यक्ष अन्सारीको अध्यक्षतामा बिहिबार मस्जिदका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरिएको थियो । सो छलफल पछि शुक्रबारबाट मस्जिदमा नमाज पढ्ने कार्य रोकिएको हो । मुस्लिम आयोगले पनि मदरसा, मस्जिदका प्रतिनिधिहरूलाई बोलाएर अर्को सूचना नभएसम्म घरमै नमाज पढ्न अनुरोध गरेको थियो । सो अनुरोधपछि शुक्रबारबाट मुस्लिम समुदायले घरमै बसेर नमाज पढेका छन् । सो आयोजकका अनुसार मदरसाहरूमा पठनपाठन पनि बन्द गरिएको छ ।