कामूक भावमा सुपुष्पा, चपली हाईट ३ रिलिज स्थगित


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

गर्मीको मौसम सुरु भएसँगै चलचित्र हाईट ३ को टिमले अभिनेत्री सुपुष्पा भट्टका केही कामूक तस्बिरहरु सार्वजनिक गरेको छ । उनले स्विमिङ पुलमा बसेर दिएको कामुक शैलीका तस्बिरहरु सार्वजनिक गरिएको हो । यो चलचित्रको ट्रेलर रिलिजको तयारी हुँदै थियो । सोही तयारी अनुसार फस्ट लुक्सको रुपमा सुपुष्पाको यी तस्बिरहरु निर्माण पक्षले सार्वजनिक गरेको हो । यसअघि चपली हाईट २ मा पनि अभिनेत्री पारमिता राज्यलक्ष्मी राणाको स्विमिङ पुलमा खिचिएको यस्तै शैलीका तस्बिर सार्वजनिक गरिएको थियो ।

अभिनेत्री सुपुष्पाले चलचित्र रणबीरबाट गत वर्ष आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले चलचित्र ६ मायाँ छपक्कैमा काम गरिन् । उनको प्रदर्शन हुन लागेको तेश्रो फिल्म चपली हाईट ३ हो ।
आगामी २८ चैतबाट रिलिज हुने भनिएको चलचित्र ‘चपली हाईट–३’ अब त्यो मितिमा नआउने पक्का भएको छ ।

विश्वभर भाईरल बनेको केरोना भाईरसबाट सुरक्षित रहन सरकारले बिहिबारबाटै आगामी १८ बैशाखसम्म ४० दिनको लागि देशभरका फिल्म हल बन्द गरेको छ । सोही कारण अब २८ चैतमा चपली हाईट ३ रिलिज नुहने यसका निर्माता अर्जुन कुमारले ब्युटी न्युज नेपाललाई बताए,‘शुक्रबार रिलिज गर्ने भनिएको यो चलचित्रको ट्रेलर भोली सार्वजनिक गर्ने की नगर्ने भन्नबारे छलफल हुँदैछ ।’ चलचित्र भने अर्को वर्ष नयाँ मितिमा रिलिज गरिने उनले बताए ।