डान्सिङ वीथ स्टार्समा दर्जन सेलीब्रेटी 


ब्युटी न्युज नेपाल

काठमाडौं, ४ चैत 

हिमालय टेलिभिजनले अब,विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को निर्माण तथा प्रसारण गर्ने भएको छ । हिमालय टेलिभिजनमा प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको छ । वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती  ८ बजेदेखि यो प्रशारण हुने छ ।

यस शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जना प्रतिस्पर्धी छन्। गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रूपमा रहेका छन् ।

उनीहरूलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन् ।

एक जना प्रतिष्पर्धीका लागि एकजना कोरियोग्राफर हुनेछ। कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन् । निर्णायकको रूपमा गौरी मल्ल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ ।

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ । अमेरिकामा हाल २८औं सिजन चलिरहेको छ ।

भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ । दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक हप्ता एक जना प्रतियोगी बाहिरिनेछ। विजेताले २५ लाख र गाडी पुरस्कार पाउनेछ ।