अञ्जु, पुजा र विष्णु ‘कुसुम द बुटिक’मा


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ फागुन

‘कुसुम द बुटिक’ले एक कार्यक्रमबीच प्रथम वार्षिकोत्सव मनाएको छ । राजधानीको डिल्लीबजारस्थित कुसुम द बुटिकले प्रथम बार्षिक उत्सब मनाएको छ । उक्त बुटिक गत वर्ष यसै समयमा नारी दिवशको अवसरमा कुसुम श्रेष्ठले सञ्चालनमा ल्याएकी हुन् । त्यो बेला गायिका अञ्जु पन्तले नै रिवन काटेर बुटिकको उद्घाटन गरेकी थिइन् ।

सो बुटिकको कार्यालयमा अभिनेत्री पुजा शर्मा, पाश्र्वगायिका अञ्जु पन्त, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’का प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पालगायतले केक काटेर पहिलो वार्षिकोत्सव मनाए । सो अबसरमा अतिथिहरुले कुसुमलाई अझ सफलताको शुभकामना दिए ।

कार्यक्रममा अभिनेत्री पुजा शर्माले कुसुम बुटिकका पहिरनले आफूलाई लोभ्याएको बताइन् । केही दिनअघि मात्र उनले कुसुम बुटिकको पहिरनमा एक साप्ताहिकका लागि होली फोटोसुट गराएकी थिइन् । गायिका अञ्जु र अभिनेत्री पुजाका लागिमात्र नभएर पछिल्लो समय ‘कुसुम द बुटिक’को पहिरन अधिकांश नेपाली सेलिब्रेटीको रोजाइ बन्दै गएको छ ।

कार्यक्रममा केक काट्न पुगेकी अञ्जुले भनिन्, ‘कुुसुम बुटिकले मलाई नै फेसन कन्सस बनाइसकेको छ ।’ उनले कुसुम बुटिक सञ्चालनमा आएदेखि आफूू नियमित कस्टमर भएको खुलासा गरिन । शरीर फुट हुनुमा अञ्जु भन्छिन् ‘खास केही होइन, खानपान र समयटेवल नै हो ।’ मान्छे स्वास्थ भएपछि सुन्दर हुने र फेसनले त्यसलाई निखार्ने उनको बुझाइ छ । निखारिँदै गएको आफ्नो छरितो शरीरलाई उनी चाँडै म्युजिक भिडियोमा पं्रस्तुत गर्दैछिन् । उनले भनिन्, ‘एउटा आफ्नो गीतमा आफै मोडलिङ गर्दैछु ।’

फेसन डिजाइनर एवँ कार्यक्रममा बुटिककी सञ्चालिका कुसुम श्रेष्ठले एक वर्षको अवधिमा आफूले सोचेभन्दा राम्रो भएको बताइन् । उनले भनिन्, ‘आज यो बुटिक सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । यहाँसम्म आउँदा सर्वसाधारणदेखि सेलिब्रेटीसम्म चिनिन पाएकी छु । यही नै मेरो लागि खुसी र प्रगतिको कुरा हो ।’