आरसी र मेलिनाको सांगीतिक लालपूर्जा 


ब्युटी न्युज नेपाल

काठमाडौं, २३ फागुन 

गायक आरसी सापकोटाले नयाँ गीत ल्याएका छन् । मेलिना राई र आरसीको स्वरमा रहेको नयाँ गीत ‘लालपुर्जा….’ को भिडियो सार्बजनिक गरिएको छ । यो गीतमा शब्द तथा संगीत रमेश परियारको रहेको छ । सापकोटाको सार्बजनिक गीत ‘लालपुर्जा…’मा सुनिल क्षत्री र रक्षा श्रेष्ठले मोडलिङ गरेका छन् ।

सुनिल न्युरेलेले निर्देशन गरेको भिडियो गायक सापकोटाको आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गीतको भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् । यो भिडियोमा अराज केशबको सम्पादन रहेको छ ।

प्रवासमा रहेका आरसी सापकोटा प्रवासमा रहे पनि नेपाली गीत संगीतलाइ माया गर्छन । उनले प्रवासमा रहेर पनि थुप्रै गीतमा आफ्नो आवाज दिई सकेका छन् ।