अभिनेता बिजय र अभिनेत्री प्रमिला दाम्पत्य जीवनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

अभिनेता बिजय बराल दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । कलाकार एवम् नाट्यकर्मी प्रमिला खनालसँग अभिनेता बराल दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् ।

अभिनेता बराल र अभिनेत्री खनालले १५ फागुन बिहिबार विवाह गरेका छन् । यी दुबैजनाको चिनजान नाटकमा काम गर्ने क्रममा भएको थियो । मण्डला थिएटरका कलाकार बिजय र प्रमिलाले सँगै थुप्रै नाटक र सिनेमामा काम गरेका छन् ।

म्पत्य जीवनसँगै एउटै पेशामा रहेर काम गर्दा एक अर्कामा अझ सहयोग पुग्ने विश्वास यी दुबैले लिएका छन् ।

अभिनेता बिजयले एक दर्जन भन्दा बढी चलचित्रमा सक्रिय भूमिका निर्वाह गरेका छन् । कबड्डी सृँखला उनका चर्चित सिनेमा हुन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् । कलायात्रासँगै सुखद दाम्पत्य जीवनका लागि बिजय र प्रमिलालाई ब्युटी न्युज नेपालका तर्फबाट हार्दिक बधाई ।