बिहेको पूर्व सन्ध्यामा प्रियँकाको नयाँ भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं १२ फागुन

अभिनेत्री प्रियँका कार्की तीन दिनपछि दाम्पत्य सम्बन्धमा बाँधिदै छिन् । उनको विवाहको मिति नजिकिँदै गर्दा प्रियँकाले अभिनय गरेको नयाँ गीतको भिडियो रिलिज भएको छ ।

गायक जेय अथर र आइजेनको नयाँ गीत मैच्याङ…सार्वजनिक गरिएको छ । यही गीतको भिडियोमा प्रियँकाको अभिनय छ । काठमाडौको नाईट क्लब फरेनहाईटमा मध्यरातमा यो गीत सार्वजनिक गरिएको हो । गीतको भिडियो यूट्यूबाट पनि सार्वजनिक गरिएको छ ।

मैच्याङ…गीतको भिडियोमा जेय र आइजेनको साथमा अभिनेत्री प्रियंका कार्कीको अभिनय छ । गीतको भिडियोलाई सुयोग गुरुङले निर्देशन, सम्पादन गरेका हुन् । सुयोगले यसअघि चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए । उनले केहि टिभि कमर्सियल पनि बनाएका छन् ।

केहि पुराना गीतहरुलाई समेत फ्यूजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाईरहेको छ । गीतलाई जेय र आइजनले संयुक्त लेखेका हुन् । यसअघि उनिहरुको गीत ‘टाइम छैन…’ले चर्चा पाएको थियो । जसलाई हालसम्म यूट्यूबमा मात्र करिव ९३ लाखले हेरेका छन् ।

गीत हेर्नुहोस्: