ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

परदेशीको सफलता पश्चात निर्देशक नारायण रायमाझीले चलचित्र ‘परदेशी २’को निर्माण थालेका छन् । यो चलचित्रको काठमाडौंमा शिबरात्रीको अबसर पारेर शुक्रबारबाट छायांकन सुरु गरिएको छ ।

शुक्रबार बिहान परदेशी २ को शुभसाइत समेत गरिएको थियो । यो चलचित्रबाट गायक प्रकाश सपुतले डेब्यु गर्दैछन् । प्रकाश सपुत र वर्षा सिवाकोटी यसमा नायक नायिकाको रुपमा छन् । यस अघि बैदेशिक रोजगारीमा आधारित बोल मायाँ…गीतमा प्रकाशको अभिनय रुचाईका कारण उनलाई यो चलचित्रमा लिईएको निर्देशक रायमाझीले बताएका छन् ।

परदेशी जस्तै परदेशी २ पनि वैदेशिक रोजगारीको समस्यामा केन्द्रित हुनेछ । यो चलचित्र आगामी दशैंमा रिलिज गरिने घोषणा गरिएको छ । उता दीपकराज गिरी र दीपाश्रीले पनि छक्का पञ्जा ४ लाई दशैंमा रिलिजको घोषणा गरेका छन् ।