पोखराको लेकसाईड मैदानमा महाशिवरात्री विश्वसंगीत महोत्सव


ब्युटी न्युज नेपाल
पोखरा, ९ फागुन

आज शिबरात्री । नमस्ते व्याण्डको ३१ औंवार्षिक उत्सवको उपलक्ष्यमा, १५ औं महाशिवरात्री विश्वसंगीत महोत्सव २०२०को उपलक्ष्यमा भव्य साङगीतिक कन्र्सट पोखरामा गर्दैछ । नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा यस अघि जानकारी दिइएको थियो ।

आयोजक ‘नमस्ते ब्याण्ड’का गायकइश्वर गुरुङका अनुसार भिजिट नेपाल २०२० को अवसरमा नमस्ते व्याण्ड नेपालजापानको साथमा राष्ट्रिय तथाअन्र्तराष्ट्रिय, नेपालका प्रसिद्द व्याण्ड, नेपाली गायक गायिकाहरुसहितको प्रस्तुती रहनेछ ।

सन् १९८८ मा स्थापनाभएको ब्यान्डले आफ्नो वार्षिकोत्सवको अवसरमा सन् १९९४ बाट सुरु गरेको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’लाई यो वर्ष पनि निरन्तरता दिईँदै छ । महाशिवरात्रीविश्व संगीतमहोत्सव२०२०पोखराको बाराही घाट खेल मैदान लेकसाइडमा आज आयोजना हुने छ ।

महोत्सवमाआयोजकनमस्ते ब्याण्डसंगै पि.जे पिस ज्वाइन्ट ब्यान्ड(अमेरिका) नमस्ते ब्याण्ड (जापान( नेपाल), रोन युनिटि (लियोन स्टार यु.के), बम शिवभिमानी (जापान), हिताग्रुप (तिब्बत),१९७४ ए.डी, कुटुम्ब ब्याण्ड लगायतका अन्य ब्याण्ड तथा कलाकारले दर्शकलाई झुमाउने भएका छन् ।

त्यस्तै नेपालका कलाकार दिप श्रेष्ठ,गंगा बरदान, राजेश पायल राई, उदय–मनिला सोताङ, श्रेया सोताङ, सत्य–स्वरुपराज आचार्यलगायतको विशेष प्रस्तुति रहने छ । त्यस्तै लोक दोहोरी प्रतिष्ठानका अतिथि कलाकारको पनि प्रस्तुती रहनेछ ।
यस कार्यक्रमबाट पुम्दी कोटमा निर्माणधीन ७५ फिट शिवमुर्ती स्थापनाको लागि दुई लाख २५ हजार रुपैया प्रदान गर्ने समेत सँयोजक इश्वरले बताए । साथै कार्यक्रमबाटै कलाकारहरुलाई सम्मान गर्ने निर्णय गरेको पनि उनले बताए ।