आमाकी निर्माताबाट भट्राई परिवारलाई आर्थिक सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन

चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् चलचित्र निर्माता केशब भट्टराईको निधन पछि उनको परिवारमा आर्थिक समस्या आएको छ । उनको परिवारलाई सहयोगको अभियान सुरु भएको छ ।

यसै क्रममा यही ९ फागुनमा रिलिज हुने चलचित्र आमाको तर्फबाट पनि दिवँगत भट्टराईको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

दिवँगत भट्टराईकी पत्नी नीता भट्टराईलाई आईतबार काठमाडौंमा चलचित्र आमाको पत्रकार भेटघाट कार्यक्रममा चलचित्र आमाकी निर्माता शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् ।

आफ्नो चलचित्र आमाका निर्देशक दीपेन्द्र के खनाल सहित अभिनेत्री सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनालको उपस्थितिमा निर्माता पाण्डेले भट्टराईलाई १ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरिन् ।

‘केशव दाईको निधनपछि उहाँको परिवारमा आर्थिक समस्या भएको खबर आफुले मिडियाबाट पाएपछि आज आफ्नो तर्फबाट यो सहयोग गरेकी हुँ र सहयोगको लागि अरुलाई पनि अपिल गर्दछु ।’ निर्माता पाण्डेले सो क्रममा भनिन् ।

सहयोग प्रदान कार्यक्रमपछि चलचित्र आमाको बारेमा सो क्रममा जानकारी गराईयो । यो सामाजिक चलचित्र भएको र मध्यम परिवारका सदस्य ठुलो रोगको शिकार भएपछिको अबस्थामा परिवारले भोग्नु पर्ने आर्थिक समस्यालाई चलचित्रमा उतारेको निर्देशक खनालले कार्यक्रममा बताए ।

उनका अनुसार यो चलचित्रमासुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीसहितका कलाकारहरुको मुख्य भूमिका छ ।