आश्माको ए मेरी पूजा..बाल आश्रममा रिलिज

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन

चलचित्र ‘ड्रिम गर्ल’ की नायिका आश्मा गिरी भिडियो तर्फ लागेकी छिन । आश्मा ‘ड्रिमगर्ल’ पछि मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको ‘सँगसँगै’ फिल्ममा अनुबन्धित छिन् ।

उनले भ्यालेन्टाइन्स डेको अबसर पारेर आफू निर्देशीत ‘ए मेरी पूजा..’ गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । आश्माले आफ्नो युट्युव च्यानल नेफोली क्रिएसन्सका लागि सो म्युजीक भिडियो निर्माण गरेकी हुन् ।

कौशलराज खड्कोको स्वर र संगीतमा रहेका ‘ए मेरी पूजा’ बिशाल मल्लले लेखेका हुन् । भिडियोमा हिमांशु कार्की,आशिका श्रेष्ठ र नेहा लिम्बू फिचर छन् । सुवल डंगोलले खिचेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी, बिजेश पौडेलको सम्पादन छ । भिडियोको निर्मातामा आश्मा स्वयम्, कौशलराज खड्का र प्रलभ ढुंगाना छन् ।

भिडियो सार्वजनीक गरेको उपलक्ष्यमा आश्माले नेफोलि क्रिएसन्सको टिमसहित सिफलस्थित बाल संरक्षण गृहमा आश्रीत बालबालिकासँग भ्यालेन्टाइन्स डे मनाइन् । उनले बालबालिकालाई केक खुवाउदै पढेर असल नागरिक बन्न प्रेरित गरेकी थिइन् । उनले आफू समाजसेवी भावनाको भएकाले असाहय बालबालिकालाई सहयोग गर्न आश्रम पुगेको बताइन् ।

त्यसैगरी, शुक्रबार साँझ भने उनले नेफोलि क्रिएसन्सका तर्फबाट हात्तिसार स्थित एक रेस्टेरेन्टमा टिकटकमा चर्चित प्रतिभाहरुबीच जमघट कार्यक्रम आयोजना गरिन् । टिकटकरमाझ आफ्नो कम्पनीका कामहरुको जानकारी दिनुका साथै उनले त्यहाँ ‘ए मेरी पूजा’ को प्रमोशन गरेकी थिइन् । टिकटकमा चर्चित प्रतिभाहरुले आश्माको कलाकारिता तथा भिडियो निर्देशनको प्रसंसा गर्दै आगामी दिनमा अझ सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More