अभिनेत्री रिश्माले गरिन विवाह


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन

अभिनेत्री रिश्मा गुरुङ वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । उनले फेसबुकबाट विवाहको केही तस्बिरहरु सार्वजनिक गर्दै आफु दाम्पत्य सम्बन्धमा बाँधिएको बताएकी छिन् । सुखद विवाहमा आर्शिवाद दिनेसबैलाई उनले धन्यबाद ज्ञापन गरेकी छिन् ।

रिश्माले शुक्रवार विवाह गरेकी हुन् । उनी केही समयदेखि पोखरामा प्रेमी सन्दिप गुरुङसँग प्रेम सम्बन्धमा थिईन् । आफ्नो प्रेम सम्बन्धलाई उनले बैवाहिक जीवनमा सफल रुपमा परिणत गरेकी छिन् । पारिवारिक जमघटमा उनले विवाह गरेकी हुन् । विवाहपछि उनले शनिबार मात्र विवाहको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।

निर्देशक रामबाबु गुरुङको चलचित्र ‘कबड्डी’ बाट नायिकाको रुपमा नेपाली चलचित्रमा आएकी उनले डबड्डीको तीन ओटै सिरिजमा काम गरेकी छिन् । उनले चलचित्र झुम्कीमा पनि नायिकाको रुपमा काम गरेकी छिन् । अब कबड्डीको चौथो सृँखलामा उनी नायिकाको रुपमा हुने बताईएको छ । त्यसपछि उनले गुरुङ फिल्म भने खेल्ने बताएकी छिन् । उनले केही गुरुङ फिल्ममा पनि काम गरेकी छिन् ।