ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

ब्यबसायिक भिडियो प्लेटफर्म सञ्जाल नेट फिक्सका प्रतिनिधिहरुले राम्रा र फरक सिनेमा बनाएमा आफुहरुले राम्रो पैसा दिएर सँसारभर पुर्याईदिने बताएका छन् ।

काठमाडौंमा जारी नेपाल अन्तराष्टिय फिल्म फेस्टिबल (निफ)को दोश्रो दिन र्याडिसन होटलमा आयोजिक अन्तरक्रिया कार्यक्रममा हलिउड र अष्ट्रेलियाका सिनेकर्मीले डिजिटल प्लेटफर्मबाट सिनेमा बिक्री गर्ने सकिने उपाए सुल्झाए ।

सो अन्तरक्रियाको सहजिकरण हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरको रुपमा काम गरेका किरणभक्त जोशीले गरेको थिए । कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलनहफले आआफ्नो धारणा राखेकाथिए ।

ज्याकले त बीर गोर्खालीका बिरताको कथा देखि शाहसिक हिमाल आरोहणका कथा एवम् बृत्तचित्र बनाएर अमाजोन, नेटफिक्स जस्ता डिजिटल प्लेटफर्ममार्फत विश्व बजारमा पुर्याएर राम्रो पैसा कमाउन सुझाब समेत दिए ।

ल्यारी कोफले हलिउडमा टु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्मनिर्माण गरेका छन् भने लेखकसमेत रहेकाज्याक स्टेन्जले एक्स मेन ः फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्मनिर्माण गरेका छन् ।
डेमियन डि फ्रोबिलभने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमाकाम गरेका व्यक्तिहुन् । जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्मबनाएका छन् ।

छलफलको सुरुवात ‘फिल्ममेकिङ इनएनएजअफ स्ट्रिमिङ’ शीर्षकबाट गरिएको थियो । सो विषयमाधारणा राख्दै सबै विदेशी फिल्मकर्मीले भिडियो साइटलाई ज्यादा भन्दा ज्यादा फिल्मको आवश्यकता रहेको जानकारी गराउँदै स्थानीय कथामा ग्लोबल दर्शकलाई रिझाउने कथाबनाउन सके नेपालले पनि त्यस्ता भिडियो साइटमा स्थान पाउने धारणा राखेकाथिए ।

नेटफ्लिक्स, अमेजन प्राइम जस्ता परिचित डिजिटल प्लेटफर्महरु अहिले विश्वबाट मौलिक सिनेमा बिस्तारमा लागेको पनि उनीहरुले सो कार्यक्रममा बताए । वैकल्पिक फिल्मबजारको खोजीमा रहेका नेपाली फिल्ममेकरका लागि यस्ता डिजिटले प्लेटफर्म निकै उपयुक्त हुने उनीहरुको सुझाब थियो ।

‘बजारभन्दाविषय ठूलो हो,’ छलफलमा बोल्दै डेमियनले भने, ‘यदितपाईंसँग विश्वले हेर्न चाहिररहेको विषय छ भने तपाईंहरुको फिल्ममापनि नेटफ्लिक्सवा अमेजनले चासो लिन्छ । बस, उनीहरुले तोकेको क्वालिटी पुगेको हुनुपर्यो ।’ डेमियनको तर्कमा सही थाप्दै ज्याक स्टेन्जले नेपाल भौगोलिक रुपमा र साँस्कृतिक रुपमा सुन्दर रहेकाले नेपाली फिल्म मेकरले यिनै कथाभन्न बल गर्नु पर्ने बताएका थिए ।

उनीहरूले अहिले सक्रिय रहेका स्ट्रिमिङ साइटको प्राथमिकता राम्राफिल्म रहेकाले नेपालले पनि राम्रो फिल्म बनाएको छ भने त्यहाँ स्थान पाउने तर्क गरेका थिए । तर, उनीहरुको सुझाव थियो,‘तपाईंलाई आफ्नो कथामा विश्वास छ भने उनीहरु आउने बाटो नकुर्नुस । उनीहरुको ढोका ढकढक्याउन जानुस् ।’

यही छलफलको दोस्रो सेसनमाभने ज्याक स्टेन्जले अमेरिकामा प्रचलचित एक्सन फिल्म लेख्ने शैलीका बारेमा दुई घन्टा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्तिम सेसनमाभने फेरि चारै जना सहभागीले स्थानीय कथा विश्वमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । यो महोत्सबमा शनिबार भने फिल्म प्रदर्शनसँगै बलिउड निर्देशक प्रकाश झाले बलिउड सिनेमा निर्माणबारे मास्टर क्लास लिनेछन् ।