निफमा बलिउड निर्देशक प्रकाश झा


ब्युटी न्युज नेपाल
काठमाडौं १ फागुन

बलिउडका लोकप्रिय निर्देशक प्रकाश झा यतीबेला काठमाडौंमा छन् । उनी पहिलोपटक काठमाडौं आएका हुन् । उनी बिहीबार राष्टिय सभा गृहमा सुरु भएको नेपाल अन्तराष्टिय फिल्म फेस्टिभल (निफ)को मुख्य निर्णायक भएर आएका हुन् ।

उनले औपचारिक उद्घाटनमा बोल्दै झाले स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएको खुलाए । उनले फेस्टिभलका दौरान विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा व्यक्त गरे ।

४० वर्षदेखि सिनेमामा काम गरिरहेको बताउँदै उनले हरेक दिन आनन्द लिईरहेको बताएकाथिए र्। ४० वर्षदेखि सिनेमामाकामगरिरहेको छु तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,’झाले भने । उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए र्। म बिहारमा जन्मिएको हुँजहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाइबस्तु पनि चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो । सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशीलागेको छ,’ झाले भने ।

सभामुखअग्नि सापकोटाले त्यसअघि पानसमा बत्ति बालेर समारोहको उद्घाटन गर्दै सिनेमा साँस्कृतिक पहिचानको मुख्य माध्यम भएको बताएका थिए । उनले फेस्टिभल जीवन्त र सजिव अन्तक्र्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय फिल्म निर्माणमा नेपाली फिल्म मेकरलाई प्रेरित गर्ने बताएका थिए ।

कार्यक्रममा छोटो मन्तव्य राख्दै वरिष्ठ फिल्मकर्मी नीर शाहले संसार भरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको बताए। उनको भनाइथियो, “ सिनेमाकानाममा बनेका सिनेमा नलाग्ने फिल्मबाट नै वास्तविक सिनेमालाई खतरा छ । त्यस्ता ननएक्सप्रेसिभ सिनेमालाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।’

उद्घाटनको अवसरमा चाइनी जफिल्म कम्पोजर देखाइएको थियो । महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसपसँगै विभिन्न फिल्म प्रदर्शन हुनेछन् ।

बिहीबार सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा चल्नेछ । फेस्टिभलमा सहभागिताकालागि ४० देशकाफिल्मकर्मी नेपाल आइपुगेको अध्यक्ष केपी पाठकले बताए । उनले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउन ठोस योगदानगर्न सक्ने धारणा राखेकाथिए ।

“हामीले फिल्मसँगै छलफलका लागि पनि अन्र्तराष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा सिनेमाको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमा पनि छलफल हुनेछ । वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशकालागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ,’ पाठकले भने ।